सिभिल बैंकको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५२ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय २० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।