रेशम चौधरीले खोले नयाँ दल, पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  टिकापुर घटनाका दोषी निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ पार्टी दर्ता गराएका छन्।

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरीले सोमबार(आज) निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । 

‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि चौधरी झाँकी र र्‍यालीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्।

चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएका थिए । टिकापुर घटनामा दोषी ठहर भएका उनले मधेशवादी दलले आफ्नो मुद्दाको सम्बोधन नगरेको भन्दै नयाँ पार्टी खोलेका हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।