अवकाश कोषमा रहेको १ अर्ब ७५ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल राष्ट्र बैंकले अवकाश कोषमा रहेको एक अर्ब ७५ करोड रुपैयाँ बैंक तथा वित्तीय क्षेत्रको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

बैंकले आइतवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ ३ देखि २०७९ माघ ३ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

कोषमा रहेका कूल एक अर्ब ७५ रुपैयाँमध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुमा ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड २६ लाख रुपैयाँ  र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ७५ लाख रुपैयाँ राख्न राष्ट्र बैंकले आवेदन मागेको हो।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस २० गते ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ ।

यस्ता छन् शर्तहरुः

-बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने,

– बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको हुनुपर्ने,

– निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने,

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,

-अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको हुनुपर्ने,

– रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने,

-कुनै पनि प्रकारको कारबाहीमा परेको भए, फुकुवा भएको कतिमा ६ महिना पूरा भएको हुनुपर्ने,

– सर्वसाधारणको लागि शेयर जारी गरिसकेको हुनुपर्ने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।