काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ।
शव लिएर बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा ८ जना घाइते भएका छन्। बाटो चिप्लो हुँदा बस सडकबाट करिब ५० तल झरेको प्रहरीले जनाएको छ ।
उक्त वसमा ३६ जना मलामी सवार थिए। घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ।
Comment