आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ।

बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।