मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु, पहाड र हिमालमा हिमपातकाे सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

प्रदेश-१ र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यस क्रममा प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।