हिउँमा फसेका बाबुछोरा नभेटेपछि रित्तै फर्कियो हेलिकोप्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ । 

अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका(५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । 

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरू चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए । 

शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । उहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।