माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । 

अपरान्ह ४ बजेसम्म मतदाता उपर दाबी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४:१५ बजेसम्म, ४:५० सम्म दाबी बिरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०:३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०:३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आइतबार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखि ८:३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८:३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८:४० देखि ९:०० बजेसम्म गर्नेछन र ९:१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९:३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।

बिहान ११:४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११:३० बाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।