कांग्रेसले केन्द्रीय कार्यसमितिका १३५ सदस्यको वरीयता तोक्यो ,कसको स्थान कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरूको वरीयता निर्धारण तोकेको छ ।

वरीतयामा सभापति शेरबहादुर देउवादेखि सदस्यसम्मका १३४ जना तथा पराजित डा. शेखर कोइरालासमेत गरी १३५ जना छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा पराजित भएर पनि दोस्रो मत ल्याउने स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ । सोही बमोजिम शेखरलाई सदस्यमा राखिएको छ । यद्यपि, उनी २० औं वरीयतामा मात्र छन् ।  

शेखरभन्दा अगाडि १३ जना पदाधिकारी र ६ केन्द्रीय सदस्य छन् । 

यस्तै, उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा रहँदा अर्का उपसभापति धनराज गुरुङले तेस्रो वरीयता पाएका छन् । 

महामन्त्री गगनकुमार थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई उछिन्दै चौथो वरीयता पाएका छन् । शर्मा पाँचौं वरीयतामा छन् ।

कांग्रेसमा ३३ जना केन्द्रीय सदस्य मनोनित गर्दै बाँकी छ । मनोनित गर्ने अधिकार सभापतिको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।