कोरोना खोपको अतिरिक्त मात्रा दिने स्वास्थ्य मन्त्रालयको निर्णय, क-कसले पाउँछन्?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारोनाभाइरस विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राले खोपको अतिरिक्त डोज दिने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार, ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएको र खोप लगाउँदा पनि एन्टिबडी नबनेका व्यक्तिहरू जोखिममा रहेको हुँदा अतिरिक्त डोज दिन लागिएको हो।

प्रवक्ता मिश्राले अहिले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरिएको बताइन्। 

यसका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय भइरहेको उनले बताइन्। 

सरकारले अतिरिक्त मात्रा दिने निर्णय गर्दा कतिपयले यसलाई बुस्टर डोजको रूपमा पनि हेरेका छन्। तर मन्त्रालयकी प्रवक्ता मिश्राले बुस्टर डोज र अतिरिक्त मात्र छुट्टाछुट्टै विषय रहेको भन्दै भनिन्, ‘बुस्टर डोज र अतिरिक्त मात्रा छुट्टाछुटटै कुरा हो। अतिरिक्त मात्रा सबैलाई दिने होइन। बुस्टर डोज भनेको सबैलाई दिने हो। त्यसैले अहिलेलाई अतिरिक्त मात्रा दिने निर्णय भएको हो, बुस्टर डोजको होइन।’

गत पुस ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएमा पुस अन्तिमदेखि नागरिकलाई बुस्टर डोज दिन सुरू गरिने जनाएका थिए। तर त्यसबारे थप जानकारी मन्त्रालयले दिएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।