लकडाउनले अलपत्र परेका एक नेपालीसहित छ पर्यटक गुफामा भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा एक नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन्। 

लकडाउनले अलपत्र परेका उनिहरु उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्। भारतीय सरकारले घोषणा गरेको लकडाउनपछि उनीहरु गन्तब्यमा पुग्न पाएका थिएनन् ।

उनीहरु एक महिनादेखि गुफामा बसिरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चार पुरूष र दुई महिला होटलमा बसोबास गर्दै आएका थिए। उनीहरू पहिले होटलमा बसिरहेको र ‍पछि पैसा सकिएपछि गुफामा बस्न पुगेको सिएनएनले जनाएको छ। उनीहरूलाई प्रहरीले आइतबार उद्दार गरी आश्रममा पठाएको छ।

ती पर्यटक फ्रान्स, टर्की, यूक्रेन, अमेरिका र नेपालका हुन्।

‘उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य छ। उत्तराखण्ड प्रदेशमा मार्च २० देखि बाहिरी आप्रवासीहरूलाई प्रवेश निषेध गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।