मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । 

शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।