२६ वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, कसको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २६ वाणिज्य हरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

बैंकहरूले गत आवको वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयरका लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारणसभाको तयारीमा छन्।

सार्वजनिक पछिल्लो तथ्यांकानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ। नबिलले ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेका २६ बाणिज्य बैंकको औषत लाभांश १५.०४ प्रतिशत रहेको छ । जस मध्ये बोनश शेयरको हिस्सा १२.६९ प्रतिशत रहेको छ भने नगद लाभांशको हिस्सा जम्मा २.३५ प्रतिशत मात्रै छ ।

अहिलेसम्म लाभांश घोषणा गर्नेमा नेपाल एसबिआई बैंकको ५.३१ प्रतिशत रहेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै,  तेस्रोमा कृषि विकास बैंक २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

लाभांश घोषणा गर्ने मध्ये १६ वटाको बुक क्लोज भइसकेको छ । जस मध्ये कतिपयले साधारणसभाबाट लाभांश पारित गरेका छन् । त्यस्तै बाँकी १० वटाको भने बुक हुन बाँकी छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।