केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै नेकपा एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् ।

मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।  चितवनमा १०-१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।