रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामाकाे घाेषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । 

कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि  रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्।   

१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय  भएपछि  उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।