विदेश पढ्न र उपचारका लागि जानेले सहजै डलर साट्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेपाल राष्ट्र बैंकले विदेश पढ्न वा उपचारका लागि जानेहरुले सहजै अमेरिकी डलर साट्न पाउने व्यवस्था गरेको छ ।

एकीकृत निर्देशन २०७६ संशोधन गर्दै शिक्षा, आप्रबास वा स्वास्थ्य लगायतका प्रयोजनका लागि विदेश जानेहरुलाई आफन्तको प्यानबाट पनि डलर साट्न पाउने व्यवस्था गरेको हो ।

यसअघि ५ हजार डलर भन्दा बढी रकम साट्न परे सम्बन्धीत व्यक्तिकै प्यान कार्ड आवश्यक हुने गरेको थियो । तर अब भने पाँच हजार भन्दा माथिको डलर सहटी सुविधाको लागि पनि नाता प्रमाणित हुने कागजात सहितको निजको एकाघर परिवारको प्यान पेश गरेमा पनि रकम सटही गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

साथै कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित कार्यालयको लागि सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्चका लागि आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी गर्न पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक वित्तीय संस्था र विप्रेषण कम्पनीले विदेशस्थित प्रिन्सिपल एजेन्ट्स सम्झौताबमोजिम कर्मचारी (स्थायी वा करारमा नियुक्त) लाई प्रतिनिधिका रुपमा राखेबापत् ती कर्मचारीसँगको सम्झौता बमोजिम निजलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक सुविधाबापतको रकम पठाउन पाइने छ। त्यस्तो रकम बैंकबाट भुक्तानी गर्न मिल्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विदेशस्थित कार्यालय सञ्चालन खर्च भुक्तानी पठाउन पनि सहज व्यवस्था गरेको छ । बैक तथा वित्तिय संस्थाको शाखा सम्पर्क÷एजेन्सी कार्यालय खोल्न राष्ट्र बैंकबाट लिएको स्वीकृति तथा सम्झौता पत्र चाहिने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।