मतगणना अपडेट : देउवा र शेखरको मतान्तर २५८, कसको कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। हालसम्म १ हजार ४०५ मत गणना भएको छ। 

जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन्। उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन्। कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। 

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ। खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नु पर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।