प्रकाशमान र आरजुबीच जम्काभेट, आफैंलाई मागे भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ। उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ।

यसैक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत मागेका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो। दुवै उम्मेदवार हु्न्। सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।