काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन प्रवृत्तिविरुद्ध एक हुनुपर्ने बताएकी छिन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पौडेलले यस्तो बताएकी हुन् ।
उनले पछिल्लो समय देशमा प्रतिगमनकारी प्रवृत्ति बढ्दै गइरहेको बताउँदै सबै मिलेर यसलाई चिर्नुपर्ने बताइन् ।
उनले महाधिवेशन भव्य रूपमा सफल होस् भन्ने शुभकामना दिइन् ।
Comment