भन्सार छलेर ल्याउँदै गरेका ७ लाख ४५ हजारको सामान बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका १८ तेतरियामा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको करिब ७ लाख ४५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कपडा र जुत्ताहरु आइतबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त सामान र मोटरसाइकल सोही ठाउँमा छोडेर अपरिचित व्यक्ति फरार भएपछि प्रहरीले बरामद गरेको हो ।  

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका २ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेको करिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैना नगरपालिका ४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ८२१३ नम्बरको बलेरोलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाडीमा अबैध रुपमा ल्याउँदै गरेको उक्त सामानसहित गाडीका चालक बिष्णुलाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।