बैंकिङ प्रणाली लगभग ठप्प, सिडी रेसियो ९० प्रतिशत नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन दिनप्रतिदिन घटिरहेको छ । निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको छ ।

जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको छ ।

अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा बैंकहरु लगानी नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०.३१ प्रतिशत पुगेको छ । असार मसान्तभित्र सीडी रेसियोलाई ९० प्रतिशतभन्दा मुनि झार्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको मंसिर दोस्रो सातासम्मको तथ्यांक अनुसार बैंकहरुको निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको हो । जुन गत असोज मसान्तसम्मको तुलनामा ५० अर्ब रुपैयाँ कम हो ।

कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुबाट ३६ अर्ब निक्षेप घटेको थियो ।

तथ्यांक अनुसार, एक सातामै निक्षेप ६ अर्बले घटेको छ। यही एक साताको अवधिमा बैंकहरुको ऋण १४ अर्ब रुपैयाँले बढेको छ।

कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर १० गतेसम्म ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । जुन गत असोज मसान्तको तुलनामा ५७ अर्ब रुपैयाँ बढी हो ।

गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो । मंसिरमा मात्र बैंकहरुको निक्षेप १४ अर्बले घटेको छ भने ऋण २१ अर्ब रुपैयाँले बढेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।