नेपाली कांग्रेस नुवाकोट सभापतिमा डा. केसी र महतको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ ।

जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल र होमबहादुर तामाङ, सचिवमा शंकर पाण्डे र शिव दाहाल तथा महत प्यानलबाट उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठले उम्मेदवारी दिनका छन्।

नुवाकोटमा केन्द्रको जस्तो देउवा पौडेल प्यानल नभई सभापतिमा दुबै जना पौडेल पक्षका छन् । यहाँ केसी र महत प्यानल बनेर निर्वाचन हुन लागेको हो । जिल्लामा वडा तहदेखि नै केसी महत प्यानलगत रूपमा प्रतिनिधि चुनिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।