२१० देशमा कोरोना संक्रमणको त्रास , २३ लाखभन्दा धेरै सङ्क्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म २१० भन्दा बढी देशमा फैलिएको छ ।

विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । 

२१० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । 

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।