राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ।

खेलकूद मन्त्रालयले शनिबार सूचना प्रकाशित गरी सदस्य सचिवका लािग दरखास्त आह्वान गरेको हो। सूचनामा खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त व्यक्तिले दरखास्त दिन आह्वान गरिएको छ। दरखास्त दिन सात दिनको समय दिइएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्य–सचिव सिफारिस समिति गठन हुन्छ। समितिले सदस्य–सचिव छनोट गरी मन्त्रिपरिषद्मा पठाउनुपर्छ। त्यसपछि सरकारले सदस्य सचिव नियुक्त गर्छ।

यसअघि केपी शर्मा ओली नेतृत्वकास सरकारले नियुक्त गरेका सदस्य सविच रमेश सिलवाललाई अहिले बर्खास्त गरिएको थियो। उनी बर्खास्त गरिएपछि नयाँ सदस्य सचिवका लागि दरखास्त आह्वान गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।