सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथा कार्यविधि पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्दा अब गोला प्रथा लागू हुने भएको छ। 

बिहीबार बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो।  बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको हो।

अब सो सम्बन्धी सूचना राज पत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेशी तोकिन्छ।  बिहीबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा बाहिर धर्ना र विरोध प्रदर्शन भइरहँदा भित्र प्रधानन्यायाधीशकै अध्यक्षतामा फूलकोर्ट बैठक बसेर सो निर्णय गरेको हो।

यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ। गोला प्रथा लागू गर्न सबै तयारी गरेपछि सर्वोच्चले फुलकोर्ट बोलाएको हो।

नेपाल बारले केही समयअघि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई भेटेर १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।