सर्वोच्चको मूल गेटमा कानून व्यवसायीको धर्ना, वैकल्पिक गेटबाट भित्र छिरे न्यायाधीश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै मूल गेटमा कानून व्यवसायीहरू धर्नामा बसेपछि न्यायाधीशहरूलाई वैकल्पिक गेटबाट भित्र प्रवेश गराइएको छ ।

जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।

प्रधानन्यायाधीश जबरालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए। 

वकिलहरूले प्रधानन्यायाधीशलाई रोक्ने भएपछि सर्वोच्च आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अन्य दिनमा न्यायाधीशहरू मूल गेटबाटै सर्वोच्च प्रवेश गर्ने गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।