माओवादी केन्द्रीय समितिको बैठक बस्दै, यी अजेन्डामा हुनेछ छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो।

अधिकांश नेताहरू उपत्यका बाहिर भएकाले साँझ ६ बजे बैठक बस्ने तयारी गरिएको बताइएको छ। बैठकमा आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए।

राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेलनका विषयमा समेत छलफल हुने उनले बताए।

बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने बताइएको छ। पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।