नाजीले यहुदीमाथि कसरी गरेको थियो जातीय नरसंहार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः 

बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी 

बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ नाेभेम्बर अर्थात आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा  सँगै हिडेर पर्खाल ढलेको २०औं वार्षिकी मनाएका थिए। 

सानो उमेरमा विश्व चेस च्याम्पियन 

सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए। १३ औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए। 

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन 

सन् १९६७ को ९ नाेभेम्बर अर्थात आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो। सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिनको स्थापना अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए। म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानकारी दिएको थियो। 

यहुदीमाथि नाजीको जातीय नरसंहार 

सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए। नाजीले यहुदी व्यापरी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजी खोजी हत्या गरेका थिए। उनीहरु यहुदीको धार्मिक स्थलमासमेत प्रवेश गरेका थिए। नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो। उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ।एजेन्सी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।