पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन्।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यबृद्धिले आम-नेपालीको  जनजीवन कठिन बनाएको ठहर गरेका छन्।

‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यबृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रोजस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको ब्यापारीजस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’

आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति उनीहरुले कडा आपत्ति जनाएका छन्।

मुलुकका ८० लाख बिद्यार्थीको प्रतिनिधि संगठनहरुको विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।