नुवाकोटमा १३ स्थानमा र्‍यापिड टेष्ट गर्ने कार्य सम्पन्न, सबैको नतिजा नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा १३ स्थानमा र्‍यापिड टेष्ट गर्ने कार्य सम्पन्न भएको छ । 

विदेशवाट फर्कीएका मनिसहरुको गाउ गाउमा पुगेर र्‍यापिड टेष्ट गर्ने कार्य गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताका छन । 

पहिलो चरणको र्‍यापिड टेष्ट गर्ने कार्य अन्तरगत १३ स्थानका गाउंमै पुगेर चिकित्सकसहितको टोलीले दुई सय ८७ जनाको र्‍यापिड टेष्ट गरेकोमा सवैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुशारजिल्ला अस्पतालमा १, खरानीटार स्वास्थ्य केन्द्रमा १, त्रिशूलीस्थित सरकारी क्वारेन्टाइमा १४, वेलकोटगढी नगरपालिकामा ५४, तारकेश्वरम ७९, दुप्चेश्वरमा १०, तादीमा १३, किस्पाङमा १५, पन्चकन्यामा १२, शिवपुरी गाँउपालिकामा २५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । यसैगरी, ककनीमा १०, लिखुमा १९, सुर्यगढीमा ११ र म्यागङमा २३ जनाको र्‍यापिड टेष्ट गर्ने कार्य सकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरु सवैको कोरोना नेगेटिभ आएको छ ।

यससंगै नुवाकोटमा पहिलो चरणको र्‍यापिड टेष्ट गर्ने कार्य सकिएको छ ।

फागुनको अन्तिम सातादेखि विदेशवाट आएकाहरुको परिक्षण गरिएको हो । वागमति प्रदेश सरकारको आपुर्ति विभागले पाच दिन अगाडि नुवाकोटमा परिक्षणका लागि तीनसय थान किट पठाएपछि गाउ गाउमै पुगेर कोरोना संक्रमितको पहिचानका लागि र्‍यापिड टेष्ट गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताका छन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।