ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु ।  कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो। यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो। 

लागूऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनकाअनुसार बिहीबार दिउँसो १:४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो। 

पक्राउ परेका कार्कीलाई लागूऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।