नृत्य कोरियोग्राफर बिश्वबन्धु घिमिरे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मानव बेचबिखन अपराधमा संलग्न नृत्य कोरियोग्राफर बिश्वबन्धु घिमिरे पक्राउ परेका छन्।

१९ वर्षीय परिवर्तित नाम कालिमाटी (ड) सँग काठमाण्डौमा नृत्य सिक्ने क्रममा चिनजान भएका बिश्वबन्धु घिमिरेले आफुले नृत्य कोरियोग्राफरको काम गर्ने गरेको र दुबईमा नृत्य गर्नका लागि ईच्छुकहरुलाई लैजान लागेको हुँदा दुबईमा गई स्टेज शो मा नृत्य गर्ने हो भने ३ देखि ६ महिनासम्मको लागी महिनाको एक लाखदेखि राम्रो नृत्य गरेमा मासिक ४ लाखसम्म कमाई हुने गरी पठाई दिन्छु भनी प्रलोभन देखाएका थिए।

दुबई जानका लागी आफ्नो नागरिकता लगाएतको कागजपत्र पेश गर्दा उमेर कम देखिएकाले तत्काल दुबई जान नमिल्ने भयो तिमिलाई भारत बैंगलौरको स्टेज सो मा लिएर जान्छु भनि विभिन्न प्रलोभनमा पारी २०७० साल फाल्गुण ४ गते काठमाण्डौं नयाँ बानेश्वर, कलंकी काकडभिट्टा, हुँदै भारतको सिलुगुढिबाट हवाई मार्गबाट बैंगलौर पुर्‍याई चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा पीडितलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरिएकाे थियाे ।

पीडितले नेपालमा आफ्नो आफन्तलाई सम्पर्क गरी माईती नेपालमा निवेदन पेश गराए पश्चात माईती नेपालले मिति २०७१ साल वैशाख १५ गते पीडितलाई भारतबाट उद्धार गरी नेपाल फिर्ता गरेको थियो ।

फरार रहेका बिश्वबन्धु घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खोजतलास गर्दै २०७८ कार्तिक ६ गते चितवन जिल्लाबाट पक्राउ गरेको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको छ । अनुसन्धानका क्रममा निज पक्राउ प्रतिवादी विगत ३० वर्ष अगाडिदेखि साधना कला केन्द्र लगायतका विभिन्न नृत्य केन्द्रहरुमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको भन्ने खुल्न आएको छ ।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।