एएफसी यू-२३ एसियन कप छनोटः इरानसँग नेपाल ४-० गाेलले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाली यू–२३ फुटबल टिम इरान यू–२३ फुटबल टिमसँग पराजित भएको छ। ताजकिस्तानको सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले नेपालले इरानसँग ४-० गोलको हार बेहोरेको हो।

अर्को वर्ष हुने एसियन कपको छनोट खेल्न अहिले नेपाली यू-२३ टिम ताजकिस्तानमा छ। गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोहि प्रदर्शन कायम राख्न सकेन्। र, चार गोल बेहोर्‍यो। यता खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको थियो।

तर, इरानी स्किपरले त्यो अवसरलाई गोलमा बदल्न सकेनन्। यससँगै नेपालले एसियन कपको छनोटमा खराब सुरुआत गरेको छ। अब नेपालले अक्टोबल २८ र ३१ मा क्रमशः ताजकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले यसअघि पनि एकपटक एसियन कप छनोटमा इरानसँग खेलेको थियो। ६ वर्षअघिको खेलमा नेपाल ५–० गोलले पराजित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।