लुकेर बसेका १२ भारतीयको परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ ।

 उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताए ।

भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन् । 

उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरी सहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताए ।  रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।