सानिमा बैंकको थप तीन नयाँ शाखा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप तीन नयाा शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । 

जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, मध्यबानेश्वर कार्यालयको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दज्यूले संयुक्त रुपमा गरे । साथै बोडे कार्यालयको उद्धघाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् । 

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । यससँगै सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।