नेपालटारमा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीको नेपालटारमा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भइ हाल नेपालटारमै बस्दै आएका विष्णु प्रसाद चौलागाई रहेको प्रहरीले जनाएको छ । 

सुरक्षा गार्ड काम गर्ने उनलाई सोमबार बिहान ग्यास लिन नजिकैको डिलरमा जाँदा बा २ ख ५२७५ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो घाइते उनलाई तत्काल सामाखुसीस्थित ग्रिनसीटी अस्पताल पुर्याइएपनि चिकित्सकले केहीबेरमै मृत घोषित गरेका थिए । 

अहिले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।