काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको खण्डन गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताएको छ ।
सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानत: प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दु:खद र खेदजन्य अवस्था हो ।’
हिजो मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिएको समाचारहरुको चर्चा भएको थियो ।
सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार आधिकारिकता पुष्टि हुनेगरी सत्यतथ्य बुझेर प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
Comment