दोलखामा कांग्रेस जिल्ला सभापतिका लागि पुनः निर्वाचन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व (सभापति) चयनका लागि पुनः निर्वाचन हुने भएको छ।

सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण सबैभन्दा बढी मत ल्याउन २ प्रतिस्पर्धीबीच पुनः चुनाव हुन लागेको हो। 

जिल्ला अधिवेशनमा खसेको सबै मत गन्दा बर्मा लामाले सबैभन्दा बढी ६४३ मत ल्याएका छन्। यस्तै, तारा खड्काले ३९७, रुद्र बहादुर खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका छन्।

अब जिल्ला सभापतिका लागि बर्मा लामा र तारा खड्काबीच पुनः प्रतिस्पर्धा हुने भएको हो। सभापति चयनका लागि सोमबार निर्वाचन हुने जिल्ला अधिवेशन निर्वाचन समितिले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।