कांग्रेस कालीकोट सभापति शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् ।  सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ‘घमन’ तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् ।

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेको कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए । 

सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बोगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।