कांग्रेस काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचन परिणामअनुसार शाक्य विजय भएका हुन् । 

शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन् । सभापति बिजयी भएका शाक्य काठमाडौ महानगर-२५ को वडाध्यक्ष पनि हुन्। उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन्।

रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन्।  यस्तै सचिवमा ८५३ मतसहित सुशन वैद्य र ७५९ मतसहित पुरूषोत्तम खकुरेल विजयी भए। यस्तै सहसचिवमा विमला लामिछाने ८३१ मत र अमृत मानन्धर ७७२ मत पाएर निर्वाचित भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।