कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी  कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले  २ सय १२ मतसहित पाउँदा न्यौपानेले १ सय ६५ मतमा चित्त बुझाए । न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् ।

सभापतिकै प्रतिस्पर्धी कृष्ण कार्की  र अरूण न्यौपाने क्रमशः १सय ३३ र १ सय २७ मत पाएर पराजित भए ।    

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।