प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

बैठक विहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । यस अगाडि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले सरकारलाई गतिरोध अन्त्यका लागि पहल गर्न रुलिङ गरेका थिए।

संघीय संसदमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा छन्।

पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले मुख्य भूमिका खेलेको भन्दै एमालेले भदौ २३ गतेबाट सुरु भएको संसदको दुबै सदन अवरोध गर्दै आइरहेको छ । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो ।

तर सभामुख सापकोटाले १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेपछि एमाले आक्रोशित बन्दै आइरहेको छ । एमालेले सभामुखले १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्न वा पदबाट राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।