कांग्रेस महाधिवेशन : थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता विवाद रहेका १३ जिल्ला मध्य ५ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान भएको छ  ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यदाता विवाद कायम रहेका १३ जिल्ला माध्य सिरहा, महोत्तरी, बाँके, डोल्पा र सुर्खेतको विवाद समाधान भएको हो ।

कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन। सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दसैंअगाडि नै वडा र गाउँ–नगर अधिवेशन गर्ने निर्णय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।