५ दिन अघि कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ भेटिएको छ ।

गत सोमबार साँझ हजुरबुबासँग हिँडिरहेको बेला ढलमा खसेपछि १० वर्षका बालक उज्ज्वल विश्वकर्मा बेपत्ता भएका थिए। अनुहार चिन्न नसकिने भए पनि उनले लगाएको सर्टमा कपन मावि लेखेको भेटिएपछि शव पहिचान भएको हो।

अहिले शव भएको स्थानमा आफन्तलाई बोलाएर पहिचान गराउन लागिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। शव उज्ज्वलकै भएको प्रहरीले पुष्टि गरेको छ। 

एसएसपी बज्राचार्यका उनका अनुसार बालकको शव ललितपुर र मकवानपुरको सीमानामा फेला परेको थियो। शनिबार साँझ बालकको शव फेला परेको थियो। तर पहिचान हुन सकेको थिएन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।