नेकपा (एस) मा पदाधिकारी चयनमा विवाद : हेरफेर गरियो जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पार्टीमा पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरिएको छ ।

पदाधिकारी हेरफेर गरिएसँगै उपाध्यक्षको संख्या ६ जना र एक जना सचिव थप गरिएको छ ।

यसअघि चयन गरिउको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव रहेका थिए ।

पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रतावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।

अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।