एमसिसीविरुद्ध विप्लव नेकपाले वृहत प्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध आज काठमाण्डौमा वृहत प्रदर्शन गर्दैछ। 

पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज काठमाडौंको खुलामञ्चमा दिउँसो १ बजे एमसिसीविरुद्ध वृहत् प्रदर्शन तथा सभा गर्ने तयारी गरिएको जानकारी दिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा आज प्रदर्शन गर्न लागेको हो।  सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत देशभक्त जनतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभएर देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै यसको विरुद्धमा सबै एकजुट हुन पार्टीले आग्रह पनि गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।