आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीचको खेल आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखला आज साेमबारबाट सुरु हुँदैछ। सोमबार नेपाल र अमेरिका भिड्दैछन्।  

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज सिरिजको पहिलो खेल अमेरिकाविरुद्ध खेल्दै छ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ। त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ। 

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल साेचे जस्ताे सजिलो नहुने बताएका छन्। उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए। नेपालले अन्तिम पटक अमेरिकालाई घरेलु मैदानमा पराजित गरेको थियो। 

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रृंखला खेलेको थियो। नेपालले दुबै श्रृंखला आफ्नो पक्षमा पारेको थियो। 

लिग-२ को श्रृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन्। खुट्टाको चोटका कारण उनले श्रृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

विश्वकप लिग-२ अंक तालिका

नेपालले ४ खेलमा २ जीत र २ हारसहित ४ अंकका साथ छैंटौं स्थानमा छ। ओमान १० खेलमा ८  जीत र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १२ खेलमा ६ जीत र ६ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। 

नेपाली टोली 

ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।