काठमाडौं। प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । प्रमुख विपक्षी नेकपा एमालेले संसद् बैठक शुरु हुनासाथ अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुख अग्प्रिसाद सापकोटाले पटक पटक बैठक सञ्चालन हुने वातावरण बनाउनको लागि एमालेका सांसदलाई आग्रह गरे पनि एमालेका सांसदहरूले भने नाराबाजी गरिरहे ।
नाराबाजीमा उत्रिएका एमाले सांसदहरूलाई समस्या समाधानका लागि संवादमा आउन आग्रह गर्दै सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् । यसअघि बुधबार र शुक्रबार दुई दिनको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भएको थियो ।
Comment