२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।