फेरिए काठमाडौँका सिडिओ, गृहका सहसचिव रिजाललाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो।

उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ। पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

प्रमुख जिल्ला अधिकारीको पदावधि एक वर्षको हुने गर्छ। पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।